Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – गायक तथा संगीतकार प्रविण गुरुङ्गको १८ औं स्मृति दिवसको अवसरमा विहीबार सांस्कृतिक संस्थान ( रास्ट्रिय नाचघर) जमलमा गायक गुरुङ्गका सम्झनामा उनका गीतहरु घन्किएका छन् ।

सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा संस्थानका कलाकार, पुराना कलाकार साथै अहिलेका नयाँ पुस्ताका कलाकारहरुले लगभग एक दर्जन गीत गाएका थिए । राष्ट्रिय गुरुङ्ग परिषद्का अध्यक्ष रेशम गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बिमा कुमारी दुरा, टिका गुरुङ, आकाश थापा, कृष्ण गुरुङ्ग ,शिला बिष्ट, बिपिन घिमिरे , निता गुरुङ्ग, भिमु गुरुङ्ग , लागायतले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा प्रत्यक्ष वाद्यबादनका साथमा ‘नरोउ मायालु ’ ‘माथीबाट को आयो’ ‘ बेली र चमेली’ ‘ सालैजो’ ‘ तामाङ्ग सेलो’ आदि जस्ता गीतहरु प्रस्तुत गरिएको थियो ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले स्वागत मन्तव्य दिदै भन्नु भयो – कम्तिमा पनि सांकृति संस्थानमा लामो या छोटो ममयमा आफुले केही योगदान गरेका, केही पसिना बगाएका , कला र साहित्य प्रबद्धनका निम्ति योगदान दिएका स्रष्टाहरुलाई सम्झनु पर्ने कुरामा जोड दिए ।

 कार्यक्रम सञ्चालन रमेश वि जीले गरेका थिए ।

तपाईको प्रतिक्रिया