काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्।

बंगलादेशमा डाक्टर पढ्ने नेपाली चेलीहरुबारे विवादास्पद अभिव्यक्ति दिएर शेरबहादुर तामाङको राजीनामापछि रिक्त कानुन मन्त्रालयको जिम्मा ढकालले पाएका हुन् । ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्।

ढकाललाई आजै सपथ गराउने तयारी भइरहेको छ। ढकालसँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको सपथ लिनेछिन्। उनीहरुको साँझ ४ बजे सपथ ग्रहण गरिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया