Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा कांग्रेसले मन्त्रीसँगको प्रश्नउत्तरको व्यवस्था मागमा सभामुखले उपलब्ध नगराएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दै उभिईरहेका बेला सभामुखले कार्यसूची अनुसार कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसदहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

बीमा सम्बन्धि बिधेयक बहुमतले पारित भएको सभामुखले घोषणा गरे । अन्तर्राष्ट्रिय आतंकवाद विरुद्ध विधेयक गृहमन्त्री रामबहादुर थापा बादलद्वारा प्रस्तुत गरेका छन् । बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया