सामाजिक संजालमा दैनिकजसो विचित्रका भिडियो अपलोड हुने गरेका छन्। केही समय अगाडिदेखि  यस्तै एउटा अचम्मको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त भिडियो चीनको झाँगझु  शहरको भएको बताइएको छ। जसले यो भिडियो हेरेका छन् उनीहरु चकित भएका छन्। त्यतिमात्रै होइन कमजोर मुटु भएका मानिसले यो भिडियो हेरेर उल्टीसमेत गरेका छन।

अहिलेसम्म तपाइँले कुनै रेष्टुरेन्ट वा कुनै क्याफेमा थीमको हिसावले ट्वाइलेट सिटमा खाना सर्व गरेको देख्नु भएको होला, तर अब चीनको झाँगझुमा एक कम्पनीका कर्मचारीले ट्वाइलेटमा खाना खाएका छन्। कम्पनीका कर्मचारीले युरिनलमा राखेर खाना खाएका छन्।

यो भिडियोलाई पीयर भिडियोले सामाजिक संजाला शेयर गरेको हो। भिडियोमा कम्पनीका डेपुटी जनरल म्यानेजरले कसरी युरिनलमा खाना राखेर मिक्स गरे भन्ने देखाइएको छ। यद्यपी कम्पीले किन यस्तो गर्नुपर्यो भन्ने विषयमा स्पष्टिकरण पनि दिएको छ। कम्पनीले यस्ता फर्मको ट्वाइलेटको सफाइ चेक गर्नकालागि गरिएको बताएको छ।

भिडियोमा म्यानेजरले खाने कुरालाई कयौं पटक ट्वाइलेटमा मिक्स गरिरहेको देखिएको छ। त्यसपछि उक्त खाना ट्वाइलेटमै सबैले खान्छन्। संचारमाध्यमका अनुसार चीनमा यी ट्वाइलेट सफा गर्ने कर्मचारीको तालिम थियो। यही कारण ट्वाइलेट भित्र डिनर टेवल राखिएको थियो। ती व्यक्तिले ट्वाइलेटमा खाना खाएर पचाए पनि  सामान्य मानिसले यस्तो सोच्न पनि सक्दैनन्। -एजेन्सी

तपाईको प्रतिक्रिया