Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – सदा झै पस्तुत हुदैं आएको काव्यांकुर श्रींखलाको तेस्रो संस्करणमा आज सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघरमा) कवि पार्वति ज्ञवालीको कवितामा नाटक मञ्चन भएको छ ।

सांस्कृतिक संस्थान, एमआर थिएटर र कला साहित्य मन्दिरको संयुक्त आयोजनामा सपन्न कार्यक्रममा ज्ञवालीले एक दर्जन कविता बाचन गरेकी छन् । उक्त कार्यक्रममा ‘तिमी अनि हाम्रो लागि ’ कविताबाट वाचन गरेकी ज्ञवालीले ‘नयाँ संघार’ ‘मेरो गर्भाशय’ ‘नयाँ इतिहास’ ‘नागरिक ’ ‘कविता स्पन्दनको’ ‘म फूल्न चाहन्छु ’ ‘एक दैनिकी’ आदि वाचनका साथ- साथै नाटक मञ्चन भएको थियो ।

२०३६ साल जेठ २ गते बुवा लक्ष्मी प्रसाद र आमा फनिकला ज्ञावालीको कोखबाट बुटवालमा जम्मेकी पार्वती ज्ञवाली सानैदेखि सामाजिक परिवर्तनको आन्दोलनमा समर्पित सामाजिक अभियान्ता हुन् । शिक्षा पत्रकारिताका साथै साहित्य लेखनमा रुची राख्ने उनका लेख, रचना, कविता, गजल, मुक्तकहरु फुटकर रुपमा विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित भएका छन् ।

पुर्वाधमा बुटललाई कर्मथलो बनाएकी उनी हाल काठमाडौंको सांस्कृतिक संस्थानमा कार्यरत उदयमान कवी हुन् ।

तपाईको प्रतिक्रिया