Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – सरकारले इन्टरनेट सेवा शुल्क बढाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले विरोध प्रर्दशन सुरु गरेको छ।

नेपाल विद्यार्थी संघले इन्टरनेट सेवा शुल्क १३ प्रतिशत पु-याएको भन्दै बुधबार दिउँसो कमलादीस्थित नेपाल दुरुसंचार प्राधिकरण कार्यालय परिसरमा धर्नासहितको विरोध प्रर्दशन गरेको हो।

त्यस क्रममा संघले तत्काल बढाइएको सेवा शुल्क फिर्ता नगरे सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएको छ। सरकारले विद्यार्थीहरुलाई झनै मारमा पार्नेगरी इन्टरसेवा शुक्ल १३ प्रतिशत पु-याएपछि त्यसको विरोध स्वरुप धर्नासहितको कार्यक्रम सुरु गरिएको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

संघले इन्टरनेटमा बढाएको सेवा शुल्क तत्काल घटाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने तयारी पनि गरेको छ। अध्यक्ष महरले सूचनामाथि प्रतिबन्ध लगाउने खालका गतिविधिमा संलग्न नहुन पनि सरकारलाई चेतावनी दिए।

तपाईको प्रतिक्रिया