Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौ – केही समय अगाडि कुवेत पुगेर सांगीतिक धमाका मच्चाएर फर्किएकी चर्चित गायिका पूजा सुनुवार फेरि दुबई पुगेर र्को कार्यक्रम पस्किएकिछिन् । पछिल्लो समय देश बिदेशका सांस्कृतिक कार्यक्रम तथा कन्सर्टहरुमा निकै ब्यस्त हुँदै आएकी उनी यहि सिलसिलामा दुबई पुगेर सांगीतिक धमाका सम्पन्न गरिन् ।

कोइच अनलाईन खबर डटकम द्वारा संचालित प्रवासी नेपाली साथी समूह अबुदाबी,युएईको आयोजनामा हिजो जुलाई १३ मा दुबईको अबुदाबीमा सम्पन्न प्रवासी आवाज म्युजिक धमाका -१ कार्यक्रमको लागि अन्य कलाकारहरुको टिम सहित त्यहाँ पुगेकी पूजा कार्यक्रमको मुख्य आकर्षण थिईन । उनले कार्यक्रममा आफ्नो नयाँ पुराना गरि छ वटा गीत पस्किएकी थिइन् ।

पूजाको टोलिमा नेपाल बाट गायकहरु रमेश सुनुवार, शिव थापा मगर र नव गायिक आयुशा सुनुवार पनि दुबई तर्फ गएकी थिइन् । पूजा सहित नेपाल बाट गएका गायक गायिकाहरुले त्यहाँ स्थित प्रवासी नेपालीहरुलाई आफ्नो प्रस्तुती मार्फत निकै उत्साहित बनाएका थिए भने स्थानीय कलाकारहरुले समेत आफ्नो कला पस्किएका थिए । कोइच अनलाइन खबर डटकमका अध्यक्ष तथा प्रवासी आवाज म्युजिक धमाका -१ कार्यक्रमका संयोजक मोहन सुनुवारका अनुसार कार्यक्रम सोचेभन्दा पनि उत्कृष्ट भएको थियो ।

दुबई स्थित मोडल तथा म्युजिक भिडियो प्रोड्युसर दुर्गा बहादुर सुनुवार एवं समाज सेवि काशी सुनुवारले पनि उक्त कार्यक्रम निकै सम्झनलायक भएको प्रतिक्रिया दिए । कलाकारको टोलिलाई सुनुवार सेवा समाज (सुसेस) शाखा दुबई तथा कोइच अनलाइन खबर डटकमको तर्फबाट भव्य सम्मान गरिएको थियो ।

कार्यक्रममा कलाकारहरुले सुसेस शाखाका अध्यक्ष नर बहादुर सुनुवार तथा कार्यक्रम संयोजक मोहन सुनुवारको हातबाट संयुक्त रुपमा सम्मान ग्रहण गरेका थिए । गायिका पूजाको अनुसार केही दिन पछिनै आफ्नो तिज गीतको रिलिज भएको कारण तुरुन्तै फर्किनु पर्ने भएकोले आजनै अबेर गरि उनको टोलि नेपाल फर्किदै छ ।

तपाईको प्रतिक्रिया