Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – आर्थिक सुशासन र मितव्ययिताको चर्को नारा दिँदै आएको : सरकारले एकै दिन लाखौं रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै दिन आफू निकटलाई ४३ लाख रुपैयाँ वितरण गरेको हो।

गत जेठ २० को मन्त्रिपरिषद बैठकले इलामका डा. मिमाङ तेम्बे मालापथलाई १२ लाख, धनगढी नरेनद्रराज पोख्रेललाई छ लाख, झापाका खगेन्द्र चुडाललाई १५ लाख र हेटौँडाका श्रीचन्द्र पौडेललाई १० लाख रुपैयाँ दिने निर्णय गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उनीहरुलाई औषधि उपचारका लागि आर्थिक सहायता दिने निर्णय गरेको जनाइएको छ। यसअघि मन्त्रिपरिषदले बैशाखमा चितवनका ध्रुव घिमिरेलाई सात लाख रुपैयाँ दिने निणय गरेको थियो।

तपाईको प्रतिक्रिया