Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ईन्द्र जिजीबिषा

काठमाडौं – नौ बर्षको उमेरमा, डक्टरले गलत औषधि दिएर खाए पश्चात आँखाको ज्योति गुमाएकी गायिका रेनुका राई झापा जिल्लामा जन्मिएकी हुन् । बाच्नको निम्ति खोलाको ढुङ्गा टिपेर ट्याक्टरमा जम्मा गरि बेच्ने देखि चिया पसल सम्म गरेकी रेणुकाको सानै देखि गीत गाउने चाहाना थियो ।

आज भन्दा पाँच बर्ष अगाडि मकै बारीमा मकै खान आएको हातिलाई लखेट्ने क्रममा बाबालाई पनि हातीले मारेपछि सम्पूर्ण परिवारको जिम्मा उनै रेनुका राई माथि आयो । आमा बृद्ध अवस्थाकी, बहिनि सानै, एक दाजु भएपनि दाजुलाई पनि आफ्नै परिवारको बोझ । आफू पनि दृष्टि बिहिन, त्यहि माथि परिवारको जिम्मा आफूमा आएपछि झनै बोझ भयो रेणुकालाई ।

एसएलसी फस्ट डिभिजनमा पास गरेकी रेणुका आफ्नो पढाईमा निक्कै अब्बल थिईन् । राम्रो मेहनत गरेर पढे भने शिक्षक शिक्षिकाहरुले आफूलाई धेरै माया गर्नुहुन्छ होला भनेर आफूले धेरै मेहनत गरेको बताउछिन् रेणुका । धेरै पढ्ने चाहना हुँदा हुदै पनि प्लस टु पढ्दा पढ्दै पढाई छाडेकोमा दुख लागेको बताउछिन् उनि ।

एकातिर परिवार पाल्नु पर्ने अर्को तिर आफ्नो पढाइको साथमा आफ्नो आँखाको उपचारको निम्ति पनि पैसा जुटाउनु पर्ने । सबै तिर भौतारिदै भौतारिदै, भन्नु पर्ने जति सबै भनिन् र सक्ने जति र गर्ने जति सबै काम गरिन् । तर पनि केहि सिप लागेन । त्यसपछि उनि काठमाडौ तिर लागिन् । काठमाडौ आउनुको कारण थियो, केहि काम गरेर पैसा जम्मा गर्ने अनि आफ्नो आँखाको उपचार गर्ने ।

काठमाडौ आउनु भन्दा अगाडि उनले सोच्थिन्, काठमाडौ कस्तो होला ? काठमाडौमा त धेरै गायक गायिकाहरु बस्नु हुन्छ, त्यहाँ गएपछि पक्कै केहि न केहि त होला भनेर । जब काठमाडौ अईपुगीन् तर यहाँ उनले सोचे जस्तो थिएन ।

त्यसपछि उनले सडक पेटिमा बसेर गीत गाउन सुरु गरिन् । त्यसरी सडकमा गीत गाउदा पनि धेरैले माया गरेको बताउछिन् रेणुका ।यसरी गीत गाएर हिड्ने क्रममै पनि, केहि ठाउँमा आफू ठगिएको कुरालाई कहिल्यै भुल्दिनन् उनि ।

तिल गङ्गा आँखा हस्पिटलको अनुसार, उनको आँखा दुईवटा मध्ये एउटा चाहि राम्रै रहेको र उपचार गर्दा उपचार हुने रहेछ । धेरै रोएको कारण एउटा आँखाको नशा (पानीको नशा) चाहि सुकेकोले उपचार हुन नसक्ने र अर्को आँखा चाहि उपचार गर्दा हुने तर यसको लागि पाँच लाख रुपैयाँ लाग्ने रहेछ ।

यहि पाँच लाख जुटाउनकै लागि सडक पेटिमा गीत गाउदै हिडि रहेको अवस्थामा केहि सामाजिक संजालमा आएपछि अहिले उनको गीत रेकर्ड हुन सुरु भएको छ । “आँखा देख्न सक्छु या सक्दिन, उपचार पाउछु या पाउदिन,उपचार पाएर आँखा देखेपनि आँखा देख्नु भन्दा अगाडि गीत रेकर्ड गराउने ठूलो चाहना छ ” उनको यो कथन थियो ।

सडक पेटिमा गीत गाईरहदा पनि ८ घण्टा सम्म केहि नखाई आफूले गीत गाएको बताउछिन् रेणुका । तिर्खा लाग्थ्यो, तर पनि गीत गाईरहदा कसैलाई त हतार होला, एउटा गीत सुनेर जाने मनहोला, मैले पानि पिउन थालेभने उहाँहरुलाई ढिलो होला भनेर पानि पनि नखाई गीत नै गाई रहन्थे” उनले आज पनि दुखेसो पोख्छिन् ।

आज उनको गीत रेकर्ड गर्ने चाहना पनि पुरा भएको छ । उनको यो चाहना पुरा गर्नको लागि वेलायतमा रहेर साहित्य र गीत संगीतमा निरन्तर लागि रहेकी गीतकार जानु काम्वाङ्गले रेणुकाको लागि शब्द रचना गरिदिएकी छन् भने पछिल्लो समयको चर्चित संगीतकार सुमन राईले एरेन्ज र संगीत गरिदिएका छन् । यो गीतमा सुमन राई र रेणुका राईको स्वर रहेको छ ।

यहि गीतको लागि वेलायतमा रहेका मुलघरे कान्छा (राजेन खिम्बुले राई) पनि पनि सहयोग गरेका छन् भने ईन्द्र जिजीबिषा र गायिका मिना राईको पनि सहयोग अतुलनिय नै रहेको छ ।

यहि गीतमा मास्टरिङ्ग र मिक्सिंग गरेर सहयोग गरेका छन् मिन बिस्टले भने भिडियो छायांकन गरेर सहयोग गरेका छन् जीबी लामा र सुमन मगरले । भिडियोलाई सम्पादन गरेर सहयोग गरेका छन् अनिल कुमार महर्जनले ।

रेणुका राईको कारुणिक गीत यहाँ सुन्नुहोला……………..

तपाईको प्रतिक्रिया