Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाएको छ ।

 बुधबार गृहमन्त्रालयले राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।

साउन १ गतेदेखि कार्यान्वय हुने गरी गृहको यो निर्देशनपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

ट्रिपरका कारण जेठ महिनायता मात्र काठमाडौं उपत्यकामा ७ जनाको ज्यान गएको छ । ट्रिपरकै कारण आज विहान कलंकीमा र हिजो जडिबुटीमा एक–एक जनाको मृत्यु भएको भएको छ ।

 

तपाईको प्रतिक्रिया