काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा जबसम्म एकाधिकार हुन्छ तबसम्म देशको विकासमा सम्भव नरहेको स्पष्ट पार्नुभएको छ ।

नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे ।

 बुधबार काठमाडौंमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा कायम गरिएको सिन्डिकेटबाट मुलुकको विकास र समृद्ध सम्भव नहुने पनि स्मरण गराए। उनले जनतालाई समृद्ध बनाउन सरकारले यातायातको क्षेत्रमा गुणात्मक परिवर्तन गर्न चाहेको पनि बताए।

एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ थियो । एकाधिकार हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि उहाँले अपिल गर्र्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी एकाधिकारलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।”

सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने ठूलो निर्णय गरेको भन्द्र उनले यसमा साथ दिन व्यवसायीहरुलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया