काठमाडौं – फिल्मी क्षेत्रमा चर्चामा आईरहने जोडीमा निर्देशक छविराज ओझा र शिल्पा पोखरेलको जोडिलाई मानीन्छ ।यो जोडिलाई ‘प्रेम–जोडी’ पनि भन्ने गरीन्छ।

तर, यो ‘प्रेम–जोडी’ कहिले लगनगाँठोमा बाँधिन्छन् यो भन्ने विषय चाहिँ आम चासो बनेको छ। यी दुई कहिले साइत हेराउने, कहिले दसैँमा विवाह गर्ने लगायतका कुरा मिडियामा भनिरहेका हुन्छन् । त्यस्तै सिनेनगरीमा छवि र शिल्पाले सुटुक्क बिहे गरीसकेको तर बाहिर फल्यास नगरेको भन्ने पनि कम छैनन् ।

यद्यपी यि दुवैले मिडियामा आफूहरूले विवाह नगरेको र हुन सक्ने सम्भावना बढी रहेको बताउँदै आएका छन् । तर यति बेला अभिनेत्री तथा छविकी पूर्व पत्नी समेत रहेकी रेखा थापाले छवि र शिल्पाको विवाह भइसकेको बताएकी छिन् । उनले एक स्मारिकामा आफ्नो भनाई राख्दै छवि र शिल्पाको विवाह दुई वर्ष अगाडी भएको लेखेकी छिन् । रेखाले मिडियाले आफूलाई छविको नाम जोडेर प्रहार गरिरहेको र आफ्नो डिभोर्स भइसके पश्चात् शिल्पासँग बिहे भएको दुई वर्ष भएको बताएकी छिन् ।

एक स्मारिकमा लेख लेख्दै रेखाले भनेकी छिन्–‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छवि ओझासँगको प्रेम र बैबाहिक सम्बन्ध, त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधीमा पाठक र दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छवि ओझासँग अहिले पनि जोडिन्छ । जबकी, डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो ।’

तपाईको प्रतिक्रिया