काठमाडौं – पाँच पटकको विश्वविजेता ब्राजिल २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सामारा रंगशालामा भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोलको अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो

ब्राजिलका लागि स्टार खेलाडी नेइमार मेक्सिको विरुद्धको नकआउट चरणको खेलमा नायक सावित भएका छन्। एक गोल गरेर र एक उत्कृष्ट पास मिलाएर नेइमार नायक सावित भएका हुन्।

 

 

अब ब्राजिलले क्वार्टफाइनलमा जापान वा बेल्जियममध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया