Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विराटनगर – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज साँझ विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले पत्रकारिता पेशालाई विश्वसनीय, गुणस्तरीय र व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै पत्रकारले पनि आफ्नो पेशालाई मर्यादित र सम्मानित गराउन सक्नुपर्दछ भन्नुभयो । मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्रको विकासका लागि आफू सदैव तत्पर रहेको स्पष्ट गर्नुभयो ।

तपाईको प्रतिक्रिया