Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं –  हराएका पासपोर्ट बनाउन सर्वसाधारणले आठ बर्षमा पौने तीन अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । आर्थिक बर्ष २०६३, ०६८ देखि चालु आवको वैशाखसम्म सर्वसाधारणले यो रक खर्च गरेका हुन् ।

प्रशासन कार्यालय र राहदानी विभागमार्फत हराएका पासपोर्ट बनाउनेको संख्या दुई लाख २० हजार तीन सय छ । यस अवधिमा जिल्ला प्रशासनमार्फत नयाँ पासपोर्ट बनाउनेको संख्या एक लाख चार हजार दुई सय ७६ छ । जिल्लामा पासपोर्ट बनाउन १० हजार रुपैयाँ खर्च लाग्छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

यी आधारमा जिल्ला प्रशासमार्फत हराएका पासपोर्ट बनाउन मात्रै आठ बर्षमा एक अर्ब चार करोड २७ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।

तपाईको प्रतिक्रिया