Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मुम्बई – कन्ट्रोभर्सी क्वीन पुनम पाण्डे चर्चामा आउन खुबै जान्दछिन् । मोडलबाट नायिका बनेकी पुनम सामाजिक सञ्जालमा उत्तेजक तस्विर, भिडियो र पोष्ट तथा पब्लिसिटी स्टन्टका लागि चर्चित छिन् ।

पछिल्लो समय हेडलाइन बनिरहेको ‘प्लास्टिक प्रतिबन्ध’ लाई पनि उनले त्यसै गरी प्रयोग गरेकी छिन् । होइन, उनले यस सामाजिक अभियानलाई सहयोगका लागि केही गरेकी होइनन् । बरु, उनको विवादीत प्रश्न यतिबेला हेडलाइन बनिरहेको हो ।

पछिल्लो पटक उनले प्रतिबन्धित प्लास्टिकका वस्तुहरुमा कन्डम पर्छ कि पर्दैन भनेर सोधेकी छिन् । जुन यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ ।

यसअघि प्लास्टिक प्रतिबन्ध गर्ने विषय चर्चामा आएपछि प्लास्टिक सर्जरी गरेकाहरूलाई सडकमा घुम्न नहुने बताएकी थिइन् । एजेन्सी

तपाईको प्रतिक्रिया