Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नायिका स्वस्तिमा खड्का चलचित्र ‘बुलबुल’मा ट्याम्पु चालक बन्दैछिन् । यो चलचित्रले आफूलाई नयाँ उचाइमा पुर्‍याउने दाबी स्वस्तिमाको छ ।

स्वस्तिमाले विगत २ महिनादेखि ट्याम्पु पनि सिकिरहेकी छिन् । तर, उनले गोप्य राख्न चाहेको यो कुरा चलचित्रको घोषणा हुनु भन्दा केही दिन अगाडि नै बाहिरियो ।

स्वस्तिमाले भनिन्-‘२ जना यूवाहरु मैले ट्याम्पु सिकिरहेको समयमा आएका थिए । उनीहरुले ‘भाउजु’ भन्दै फोटो खिच्न थाले । मैले, हामीले घोषणा गर्नु अगाडि फोटो र भिडियो लिक नगरिदिन आग्रह गरेकी थिएँ । तर, लिक भैहालेछ ।’

स्वस्तिमालाई निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि ‘राष्ट्रिय भाउजु’ भन्न थालिएको हो । स्वस्तिमाले दर्शकहरुले यसो भन्दा आफूलाई दुःख नलाग्ने पनि बताउँदै आएकी छिन् ।

ट्याम्पु सिकिरिहेकी स्वस्तिमा फरक अनुभव भएको बताउँछिन् । ‘बुलबुल’को भूमिका आफ्ना लागि चुनौतीपूर्ण रहेको स्वस्तिमाको भनाई छ ।

तपाईको प्रतिक्रिया