Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – रसियामा जारी ‘विश्वकप २०१८’को समूह ‘एफ’ तर्फको खेलमा दक्षिण कोरिया बिरुद्ध मेक्सिकोले १-२ गोल गर्दै जित हाँसिल गरेको छ । खेलको २६ औँ मिनेटमा मेक्सिकोले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ६६ औं मिनेटमा जेवियर हर्नान्डेजले अर्को गोल गर्न सफल भएका थिए ।

कोरियन खेलाडी जाङ ह्युन्सुले डिबक्स भित्र ह्याण्ड गरेपछि मेक्सिकोले पेनाल्टीको मौका पाएकाे थियो । मेक्सिकोका खेलाडी कार्लाेसले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गर्न सफल बनेका थिए ।

त्यसोत खेलको अन्त्यमा ५ मिनेट समय थप गरिएको थियो, सोही थप समयमा मेक्सिको बिरुद्ध दक्षिण कोरियाका खेलाडी सन ह्यङ मिले १ गोल गर्न सफल भएको थियो । यी दुईको खेल नेपाली समय अनुसार ८ः ४६ बजे रोस्टोभ एरेनामा भएको थियो ।

जर्मनी भर्सेस स्वीडेन

त्यस्तै चार पटकको विश्वकप विजेता जर्मनीले आज समुहको दोस्रो खेलमा स्वीडेनसग खेल्नेछ । पहिलो खेलमा मेक्सिकोसग एक गोलले पराजित भएको जर्मनी आजको खेलमा पनि स्वीडेनसग पराजित भए रसिया विश्वकपको यात्रा टुग्गिने सभ्भावना बढी हुनेछ ।

युवा र अनुभवी खेलाडि रहेको टिम जर्मनीलाई कडा टक्टर दिन तयार छ स्वीडेन, पहिलो खेलमा नै साउथ कोरियालाई हराएको स्वीडेनको अक तालिकामा समुह एफको शिर्ष स्थानमा छ । यी दुइृको भेट अहिले सम्म ३७ पटक भएको छ । जर्मनकिो नाममा १५ जित हुँदा स्वीडेनको नाममा १३ जित रहेको छ । यी दुईको खेल नेपाली समय अनुसार पौने १२ बजे फिस्ट ओलम्पिक स्टेडियममा हुनेछ ।

तपाईको प्रतिक्रिया