काठमाडौं – एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर  सार्वजनिक गरिएको छ । एक्सन प्रधान ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू  शिल्पा पोखरेल, अनुपविक्रम शाही, पृथ्वीराज प्रसाईलाई देख्न सकिन्छ। ट्रेलरमा बाँदर र घोडालाई पनि देखाइएको छ।

राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्ममा शिल्पा र अनुप र पृथ्वीराजसँगै धीरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय रहेको छ।

महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । वीराङ्गनामा सुमी चामलिङ राई सह निर्माता रहेकी छन् ।

दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।

फिल्मको वितरणको जिम्मा काठमाडौंमा ‘बि के फिल्मस्’ र काठमाडौंबाहिर एफडी कम्पनीले लिएको छ।

हेर्नुहोस् ट्रेलर …………………..

तपाईको प्रतिक्रिया