काठमाडौं – प्रत्येक महिनाको अन्तिम बिहिबार सम्पन्न हुने ‘सुर –साधना’ को दोस्रो श्रीङखला सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा गायक आकाश थापाको एकल गायन सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा नारायण गोपाल, बच्चु कैलाश, भक्तराज आचार्यका पालामा प्रस्तुत गरे झैँ झल्को दिने गरी ‘सुर -साधना’ नाम दीइएको उक्त कार्यक्रमको दोस्रो शृंखलामा गायक आकाश थापाले एक दर्जन गीतहरु प्रस्तुत गरेका थिए । संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । राजेश थापाले स्वगत मन्तव्य दिदै हरेक महिनाको दोस्रो बिहीबार वाध्यवादनलाई , तेस्रो बिहीबार कवितालाई र चौथो बिहीबार सङ्गीतलाई दिएर एक – एक जना विशिष्ट स्रष्टालाई उपस्थित गराई कार्यक्रम गर्ने योजना भएको बताए । उहाले भन्नु भयो – ‘ यो राष्ट्रिय नाचघरको मञ्चलाई साहित्य, कला, वाध्यवादनर सांस्कृतिको केन्द्रको रुपमा विकसित गर्ने लक्ष्य राखेका छौ । ’

उक्त कार्यक्रममा प्रत्यक्ष वाद्यबादनका साथमा “तिमी आस्था हौँ आमा” बोलको गीतबाट आफ्ना प्रस्तुति सुरुवात गरेका गायक थापाले “आज यो दिनमा ” “ कोइलीको कुहुकुहु ” “ चर्कियो माया सिसा झै ” “घुम्तिमा नआउ है ” आदि गीतहरु पस्तुत गरेका थिए ।

गायक थापालाई अक्टोप्याडमा भागिरथ शुस्लिङ्ग,ढोलकमा दिपेन्द्र बज्राचार्य, गिटारमा लोकराज राई , बेश गीटारमा आकाश गोर्खाली ,बाँसुरीमा दुर्गा प्रसाद खतिवडा र कृष्ण गुरुङ, किबोर्डमा रोहित सुवेदी,मादलमा खर्क बुढा,सितारमा सिता मैया राजचल,तबलामा नरेश प्रजापति, सारंगीमा भरत नेपाली र हार्मोनियममा तिर्थराज पोख्रेलले साथ् दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले यो सांस्कृतिक संस्थानले यस्तो कार्यक्रमको थालनी गर्नु एक आफैमा उदाहरणीय भएको बताए । कार्यक्रमको सञ्चालन भने रमेश वि जीले गरेका थिए

 

भिडियो…………………………………….

तपाईको प्रतिक्रिया