Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं –  विश्वकप फटुबलमा आयोजक रसियाले शानदार विजयी शुरुवात गरेको छ । मस्कोस्थित लुजिन्की रंगशालामा भएको खेलमा रसियाले एकतर्फी खेलमा साउदी अरेबियामाथी पाँच गोल गरेको हो ।

पहिलो हाफमा २ गोल गरेको रसियाले दोस्रो हाफमा थप तीन गोल गरेको हो । रसियाका लागि खेलको १२ औं मिनेटमा युरी गान्जिनस्काईले सुरुवाती गोल गरे ।

यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दा पहिलो हाफमा रसियाले दुई गोल गर्न सफल भयो । दोस्रो हाफमा निक्कै दवावमा देखिएको साउदीले ७१ औं मिनेटमा तेस्रो गोल खायो । रसियाका लागि अर्तेम जुबाले हेड मार्फत सुन्दर गोल गरे ।

तपाईको प्रतिक्रिया