कृष्ण सुनुवार
काठमाडौ – रसियामा आयोजित खेलको महाकुम्भ विश्वकप फूटबल-२०१८ शुरु हुनै लाग्दा यसको पुर्बसन्ध्यामा विश्व चर्चित लोकप्रिय न्युज पोर्टल इएसपिएन (Espn) न्युजले यो प्रतियोगितामा सहभागी बत्तिस राष्ट्रका खेलाडिहरुलाई समेटेर उत्कृष्ट पचास खेलाडिको सुचि सार्वजनिक गरेको छ।
इएसपिएनका अनुसार विश्वकप अघि विभिन्न प्रतियोगिता र खेलहरुमा खेलाडिहरुले अहिलेसम्म गरेको प्रदर्शन,उत्कृष्ट प्रदर्शनमा उनिहरुको निरन्तरता र संभावना एवं स्टार मार्केट भ्यालुको सर्वेक्षणको आधारमा उत्कृष्ट पचास फूटबलरको नाम छनौट गरिएको हो।
को- को परे त टपटेनमा ?
उत्कृष्ट पचास फूटबलरको सुचिमा टपटेनमा धेरै जसो पुरानै सदावहार स्टारहरुले ठाउँ लिदा पछिल्लो केही सिजनहरुमा राम्रो प्रदर्शन गर्ने केही नयाँ स्टारहरुले पनि स्थान बनाएका छन्:
१. लियोनल मेस्सी : सामान्य अनुमान जस्तै यो सुचिको एक नम्बरमा आफ्नो नाम मेस्सिले लेखाएका छन्। यो विश्वकप उपाधीको प्रबल दाबेदार समेत मानिएको अर्जेन्टिनी टोलिका क्याप्टेन लियोनल मेस्सी एक त्यस्ता खेलाडी हुन जसलाई दुनियाँले आधुनिक फूटबलको एक नयाँ आयाम मान्दछ। निरन्तर दस भन्दा बढी सिजन तीस गोल भन्दा बढी स्कोर गर्ने एकमात्र खेलाडिको रुपमा आफुलाई विश्व फूटबलमा उभ्याएका मेस्सिले किर्तिमानी लगातार चार सहित कुल पाँच पटक उत्कृष्ट खेलाडिले पाउने बालोनडिअर उपाधी जितेर पटक पटक आफुलाई प्रमाणित गरिसकेका छन्। उनको टोलि अर्जेन्टिना २०औं संस्करणको गत ब्राजिल वल्डकपमा पनि उनकै प्रेरणामा फाईनल खेलेको थियो।
२. क्रीस्टियानो रोनाल्डो : पोर्चुगिज क्याप्टेन रोनाल्डो यो सुचिमा दोश्रो स्थान ओगट्न सफल भएका छन्। युरोपियन च्याम्पियन टोलिका क्याप्टेन रोनाल्डो आधुनिक फूटबलका एक अर्का उत्कृष्ट खेलाडी हुन्। मेस्सी संगै समान पाचौं पटक बालोनडिअर जितेका उनी निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन। विश्वकप फूटबलको इतिहासमा उनको टोलि सेमिफाइनल भन्दा माथी जानसकेको छैन। यद्यपि यो पटक पोर्चुगललाई युरोपियन च्याम्पियन हुनुको नाताले पनि उपाधिको अर्को दाबेदारको रुपमा हेरिएको छ।
३. नेयमार : नेयमारको टिम ब्राजिल विश्वकप इतिहासको सर्वाधिक सफल टोलि हो।किर्तिमानी पाचौं पटक उपाधी जितेको ब्राजिलियन टोलिलाई सधैंको उपाधी दाबेदार समेत मानिन्छ। उसको प्रमुख अस्त्र नेयमार यो पटक थप चम्किने अपेक्षा ब्राजिलले लिएको छ। उत्कृष्ट खेलाडिको सुचिमा तेस्रो स्थान लिएका नेयमार समकालीन फूटबलका एक होनाहार प्रतिभा हुन्।
४. केभिन डे ब्रुने : बेल्जियमले अहिलेसम्म विश्वकपको उपाधी नजिते पनि उ विश्व फूटबलको सदावहार उत्कृष्ट टोलि मध्यको एक हो। पहिलोपटक वल्डकप खेल्दै गरेका डे ब्रुने अन्य कयौं गनेचुनेका स्टारहरुलाई पछि पार्दै उत्कृष्ट खेलाडिको सुचिमा चौथो स्थान लिन सफल भएका छन्। क्लब फूटबलमा इङलिस टोलि म्यान्चेस्टर सिटि बाट चम्किएका ब्रुने लोभलाग्दो फूटबल खेल्छन्।
५. ह्यारी केन : इङलिस टोलिका प्रमुख अस्त्र केन उत्कृष्ट स्ट्राइकर मध्यका एक हुन्। विश्व फूटबलको एक अनलक्की टिम भनेर चित्रित इङलिस टोलि यो दाग मेटाउन सफल हुनेहो भने यो पाली केन चम्किनु पर्छ। प्रीमियर लिगमा टोटनहम बाट खेलिरहेका उनी उत्कृष्ट खेलाडिको सुचिमा पाचौं स्थानमा परेका हुन्।
६. लुइस स्वारेज : उत्कृष्ट खेलाडिको सुचिमा छैटौं स्थानमा परेका स्वारेज विश्व फूटबलका उत्कृष्ट स्ट्राइकर मध्यका एक हुन्। उनको टोलि उरुग्वे यो पाली औसत टोलिको रुपमा रसिया आइपुगेको छ। दुई पटकको वल्ड च्याम्पियन उरुग्वे सनसनिपुर्ण टोलि हो। जो कसैलाई जुनसुकै बेला हाराइदिने खुवी राख्ने दक्षिण अमेरिकि यो टोलिका प्रमुख हतियार बार्सिलोना बाट व्यवसायीक फूटबल खेल्ने उनै स्वारेज हुन्।
७. मोहम्मद सलाह : इजिप्ट फूटबलमा खासै चिनिएको राष्ट्र होइन। तर पछिल्लो पाली सलाहले उसलाई नयाँ परिचय तर्फ डोर्‍याइ रहेका छन्। फूटबल एक टिम गेम हो। भलै उनि टिमको वानमेन आर्मिको रुपमा स्थापित छन्। फूटबल पण्डितहरुले उनको उदयलाई विश्व फूटबलमा नेक्स्ट मेस्सीको उपस्थितिको समेत संज्ञा दिन भ्याईसकेका छन्। च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रीड तथा स्पेनका क्याप्टेन सर्जियो रामोसको एक खतरनाक ट्याकलका कारण झण्डै झण्डै विश्वकपनै गुमाएका उनी कयौं सिताराहरुलाई पछि पार्दै उत्कृष्टको सुचिमा सातौं स्थान हासिल गरेका छन्।
८. एन्टोनी ग्रीजम्यान : प्रतिभावान युवा खेलाडी ग्रीजम्यान विश्वकपको अर्को दावेदार टोलि फ्रान्सका स्टार हुन्। उनले विश्व फूटबलमा अहिले जे गरिरहेका छन् त्यो हेर्न लायक छ। एकसे एक स्टारहरुको भिडमा उत्कृष्ट आठमा आफुलाई उभ्याउन सफल ग्रीजम्यान फ्रन्सेली टोलिका प्रमुख हतियार हुन्।
९. इडेन हाजार्ड : बेल्जियमका हाजार्ड उत्कृष्ट पचास खेलाडिको सुचिमा नवौं स्थान हासिल गर्न सफल भएका छन्। उनी पछिल्ला सिजनहरुमा निरन्तर औसत राम्रो फूटबल पस्किरहने फूटबलर मध्यका एक हुन्। बेल्जियमले यो विश्वकपमा कहाँसम्मको यात्रा तय गर्छ भन्ने कुरामा हाजार्डमा पनि धेरै निर्भर छ।
१०. रोबर्टो लेवोन्डोस्की : पोलिस सुपरस्टार लेवोन्डोस्की उत्कृष्ट मध्यका एक स्ट्राइकर हुन्। विश्व फूटबलमा उनको फिनिसिङलाई लिएर सधैं चर्चा हुने गर्छ। कम्तिमा पोल्यान्ड लाई रसिया विश्वकपको त्यत्रो उपाधिको दाबेदार टोलि मानिन्न। तर पचास उत्कृष्ट खेलाडीको सुचिमा टपटेन भित्र परेका लेवोन्डोस्कीको उत्कृष्ट गोलहरु हेर्न सबै लालायित छन्।
उत्कृष्ट पचास खेलाडिको सुचिमा परेका अन्य स्टारहरु :
११. टोनि क्रुस १२. डेभिड डे गिया १३. लुका मोड्रिक १४. सर्जियो अग्युरो १५. केलिय एम्बाप्पे १६. फिलिप काउटिन्हो १७. डेभिड सिल्भा १८. सर्जियो रामोस १९. क्रिस्टियन एरिक्सन २०. पोउल पोग्वा २१. पाउलो डिबाला २२. आन्द्रेस इनिएस्टा २३. एडिन्सन काभानी २४. एन्गोलो कान्टे २५. म्यानुअल नुयर २६. मार्सेलो २७. इस्को २८. थोमस मुलर २९. जेरार्ड पिके ३०. सर्जियो बुस्केट्स ३१. साड ३२. इभान राकिटिक ३३. रोमेलु लुकाकु ३४. जेम्स रोड्रिग्वेज ३५. गोन्जालो हुग्वेन ३६. गाब्रियल जेसुुस ३७. सन हिङमिङ ३८. मेसुट ओजिल ३९. विलियन ४०. म्याट्स ह्युमेन्स ४१. डेली अली ४२. रहिम स्ट्रर्लिङ ४३. थिवुस कर्टोइस ४४. डेरिस मर्टिन्स ४५. डियोगो गोडिन ४६. एन्जल डि मारिया ४७. मार्को एसेन्सियो ४८. फाल्काओ ४९. उसमान डेम्बेले ५०. राफेल भरान
भिडियो………….

तपाईको प्रतिक्रिया