Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 गर्भपतन शारीरिक र मानसिक रूपमा पीडादायी विषय हो । समयक्रमसँगै घाउ निको भए पनि गर्भपतनले दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक असर गर्छ । गर्भपतनपछि महिलाको शरीरमा व्यापक परिवर्तन हुन्छ । कतिपय अवस्थामा संक्रमण र अपूर्ण गर्भपतन हुने गर्छ जसको असर दीर्धकालिन रूपमा हुन्छ । गर्भपतनपछि हुने सम्भावित खतराहरू यस प्रकार छन् ।

अत्यधिक रक्तश्राब – त्यसो त गर्भपतन गर्ने सबै महिलाहरूको अत्यधिक रक्तश्राब हुँदैन, तर अधिकांशमा यस्तो समस्या देखिन्छ । गर्भपतनपछि केही रगत , रगतको ढिक्का, फोहर रगत बग्नुलाई सामान्य पनि मानिन्छ, तर लामो समयसम्म भने हुनुहुँदैन । कुनै कुनै रक्तश्राब तीनदेखि चार सातासम्म हुन्छ । तर रक्तश्राब सामान्य हो वा थप औषधीमार्फत उपचार गर्नुपर्ने हो यस विषयमा सर्वप्रथम आफैले बिचार पियाउनुपर्ने हुन्छ । एक दुई घण्टाको अन्तरालमा नै सरसरफाईका लागि प्रयोग हुने प्याड भिज्छ भने यसलाई सामान्य रक्तश्राब मान्न सकिन्छ । रक्तश्राबसँगै तपाईँमा चक्कर लाग्ने, धमिलो देख्ने तथा धेरै मात्रामा रगतको ढिक्का देख्नुभएको छ भने गर्भपतनको क्रममा पाठेघरभित्र आन्तरिक रूपमा घाउ भएको हुन सक्छ । यस्तो अवस्थामा तत्काल चिकित्सकको सहयोग लिनु पर्छ ।

माशंपेशीमा पीडा – गर्भपतन गर्नुअगाडि कोख ठुलो हुन्छ । तर गर्भपतनपछि बिस्तारै यो सामान्य आकारमा आउँछ । जसका कारण मासिक धर्म अगाडि पेट र माशंपेशी दुखेजस्तै चरम पीडा हुन्छ । कतिपय अवस्थामा मासिक धर्मको भन्दा पनि बढी शारीरिक पीडा हुने , कम्मर दुख्ने, तल्लो पेटका नशाहरू दुख्ने गर्छ । गर्भपतन गरेको तेस्रो वा चौथो दिनपछि अधिकांश महिलाहरूमा यस्तो दुखाई बढी हुन्छ । पेन किलर, तातो झोल पर्दाथको सेवन र हट वाटर ब्यागको प्रयोगले पनि यस्तो दुखाई न्यून गर्न सहयोग पुयाउछ । यी उपायले पनि शरीर दुखिरहन्छ भने तत्काल चिकित्सककहाँ पुगेर आफ्नो समस्या बताउनुपर्छ । अन्त्यधिक पीडासँगै रगतको ठुलो ठुलो ढिक्का पनि बगेको छ भने तपाईँको गर्भपतन पूर्ण नहुन सक्छ । यसले कोखभित्र नै भ्रूणको केही मात्रा रहेको संकेत गर्छ ।

सङ्क्रमण – यो कुरा याद गर्नुहोस् की गर्भपतनपछि तपाईँको पाठेघरको द्वार केही दिन अलिक खुला हुन्छ । जसका कारण सङ्क्रमणको खतरा हुन्छ । सङ्क्रमणबाट बच्न कटनयुक्त कपडा प्रयोग नर्गनुहोस र केही साता यौन सम्पर्क पनि नगर्नुहोस । त्यस्तै योनिमा प्रत्यक्ष पानीको छर्रा प्रयोग नगर्न र ट्युब बाथ पनि प्रयोग नगर्न चिकित्सकहरू सुझाव दिन्छन् । होसियार पुयाउदा पुयाउदै पनि तपाईँमा सङ्क्रमण भयो र पीडा रोकिएन भने गाइनोलोजिस्टको सल्लाह लिएर परीक्षण गर्नुहोस् । यदि भ्रूणभित्रै सङ्क्रमण भएको छ भने यस्तो सङ्क्रमण गर्भ पतन गरेको दुई तीन दिनमै हुन्छ । जतिसक्दो छिटो सङ्क्रमण पत्तो लागेमा एन्टीबायोटक औषधी खाएर तत्कालै समाधान गर्न सकिन्छ ।

ज्वरो – कतिपय अवस्थामा गर्भपतनपछि महिलामा तीव्र ज्वरो आउँछ । गर्भपतनपछि उच्च ज्वरो आएको छ भने शरीरभित्र सङ्क्रमण भएको लक्षण हो । शरीरको तापक्रम १ सय चारभन्दा बढी छ र तल्लो पेट चरम रूपमा दुख्छ भने तपाईँमा निश्चय नै सङ्क्रमण भएको हो । तसर्थ ज्वरो आउनासाथ तत्काल चिकित्सककहाँ जानुपर्छ ।

निरन्तर गर्भधारणको लक्षण – गर्भपतनपछि पनि तपाईँमा गर्भधारणको लक्षणले सताउछ । वाकवाकी र रिगंटा एक दुई दिनपछि हराए पनि तपाईँको स्तन र अन्य शरीरको सम्वदेनशिल अंग अझै एक सातासम्म कोमल हुन्छ । पहिलो साता असामान्य रूपमा शरीर फुल्न पनि सक्छ र कम्तीमा पनि दुई साता शरीर कम्जोर हुन्छ । त्यस्तै मानसिक रूपमा पनि तपाईँ अझै आमा हुन लागेको भ्रम रहिरुन्छ । यस्तो लक्षण एक साता वा त्यसपछि बिस्तारै हराउँदै जान्छ । तर समयमै चिकित्सकको परामर्श लिएमा ऊर्जा बढाउन सकिन्छ ।

डिप्रेसन – सुत्केरी हुनेवित्तिकै डिप्रेसन बढेजस्तै गर्भपतनपछि पनि तपाईँलाई डिप्रेसनले सताउन थाल्छ । तसर्थ गर्भपतनपछि पनि निश्चिन्त भएर बस्नुपर्छ । शरीरलाई पूर्ण रूपमा आराम दिनुपर्छ ताकी तपाईँ वर्तमान अवस्थामा मात्र बाँच्न सक्नुहुन्छ । जहिले पनि सकारात्मक रूपमा सोच्नुपर्छ । डिप्रेसनले निकै सताउन थाल्यो भने मनोचिकित्सकको परामर्श लिन समेत नहिच्किचाउनुहोस ।- एजेन्सी 

तपाईको प्रतिक्रिया