Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – प्रत्येक महिनाको अन्तिम बिहिबार सम्पन्न हुने ‘सुर –साधना’ को पहिलो श्रीङखलाा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा गायक बिपिन घिमिरेको एकल गायन सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा नारायण गोपाल, बच्चु कैलाश, भक्तराज आचार्यका पालामा प्रस्तुत गरे झैँ झल्को दिने गरी ‘सुर -साधना’ नाम दीइएको उक्त कार्यक्रमको पहिलो शृंखलामा गायक विपिन घिमिरेले एक दर्जन गीतहरु प्रस्तुत गरेका थिए । संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा १२ वटा गीतहरु मध्ये तीन वटा गीतमा शिला बिष्टले साथ दिएका थिए ।

उक्त कार्यक्रममा प्रत्यक्ष वाद्यबादनका साथमा “सुर पर्वत वशन्त हरियाली” बोलको गीतबाट आफ्ना प्रस्तुति सुरुवात गरेका गायक  घिमिरेले “घाम अस्ताउनु भन्दा पहिले, जुन उदाउनु भन्दा पहिले” “शिरमाथि सुनगाभाको ताज प्यारो लाग्यो” “माया त जाला हो” “प्राण थिचेर मेरो कसको परानी बन्यौ” “आज भोलि तिमी संगै” आदि गीतहरु पस्तुत गरेका थिए । गायक घिमिरेलाई अक्टोप्याडमा भागिरथ शुस्लिङ्ग,ढोलकमा दिपेन्द्र बज्राचार्य, गिटारमा लोकराज राई,बाँसुरीमा दुर्गा प्रसाद खतिवडा र कृष्ण गुरुङ, किबोर्डमा रोहित सुवेदी,मादलमा खर्क बुढा,सितारमा सिता मैया राजचल,तबलामा नरेश प्रजापति र हार्मोनियममा तिर्थराज पोख्रेलले साथ् दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डा. भीमार्जुन आचार्यले उनले बिपिनमा गीत गाउन सक्ने क्षमता प्रसस्तै रहेको बताए । त्यस्तै विशेष अतिथि रहेका सभासद खेम नेपालीले भने– ‘गजललाई गजल नै भनेर चिनाउनु पर्छ, नत्र गजलकार मर्छन् र गीतकार पनि मर्छन् ।’ अर्का बिशेष अतिथिको रुपमा रहेका गायक स्वरुपराज आचार्यले कार्यक्रमा बोल्दै उनले भने – संस्थानका महाप्रबन्धक राजेश थापाको नाम मात्र सुनेको थिए , आज प्रत्यक्ष साक्षत्कार गर्न पाए उहाँलाई बधाई दिन चाहन्छु , यो एउटा महत्वपुर्ण कामको थालनी हो यसलाई निरन्तरता पाओस् यही शुभकामना व्याक्त गर्न चाहन्छु । ’  उनले बिपिनको बारेमा बोल्दै – बिपिन त्यस्तो मान्छे हो ऊ आफैमा एउटा पुर्ण छ , मैले बिपिनको गायिकीपनमा केही इट्टा थप्नु पर्दैन, केही शब्दका रुपी बखानका मालाका गुच्छाहरु राख्नु पर्छ जस्तो लाग्दैन । ’ अर्को फरक प्रसंग कोट्याउदै उनले आजभोलीका कलाकारहरुले गति र मति भुल्नु हुदैन, तर यहाँ धेरै कलाकारहरु हिजो सम्म दाई नमस्कार भन्नेहरु एउटा गीत बजारमा आयो भने भोलिपल्ट देखि नै हेल्लो ब्रो भन्दै हिड्नेको कमी नरहेको बताए । कार्यक्रमको सञ्चालन भने रमेश विजीले गरेका थिए ।

भिडियो……………..

तपाईको प्रतिक्रिया