Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 

काठमाडौं – राष्ट्रिय नाचघर जमलमा विविध सांस्कृतिक कार्यक्रम गरी सांस्कृतिक साझ सम्पन्न भएको छ ।

सा‌ंस्कृतिक संस्थानद्धारा गरिने हरेक महिनाको हरेक हप्तामा गरिने कार्यक्रहरु मध्ये सांस्कृति कार्यक्रम चौथो हप्ताको कार्यक्रम गरिएको छ । वरिष्ठ गायिका कमला श्रेष्ठको ४५ औं दिनको पुन्यतिथिको श्रद्धात्र्जली सभाको अवसर पारेर संस्थानका कलाकारहरुले कमला श्रेष्ठ कै गीत संगीत प्रस्तुत गरेर उनी प्रति श्रद्धासुमन अर्पण गरे ।

संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा श्रेष्ठको चर्चित गीत ‘घरबेटी आमा आँगनीमा देउन मलाई बास’ लाई दिपेन्द्र बज्राचार्य र शिला बिष्टले प्रस्तुत गरेका थिए भने उनको गीत  इश्वर तैंले रचेर फेरी’ लाई शिलासँगै आकाश थापाले कालजायी भावमै प्रस्तुत गरेको थियो । संस्थानका कलाकारहरुले धिमे नृत्य, साकेला नृत्य र विभिन्न विधाका गीतहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिब गणेश रसिकको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । उनले उक्त कार्यक्रममा सम्बेधन गर्दै भने –‘म यस सांस्कृतिक संस्थानमा महाप्रबन्धक रहँदा गायिका श्रेष्ठ पनि संस्थानमै गायिकाको रुपमा कार्यरत रहेको स्मरण गराउँदै, गीतसंगीतको क्षेत्रमा गायिका श्रेष्ठले दिएको योगदान महत्वपुर्ण  रहेको छ । ’ कार्यक्रममा संस्थानका बरिष्ट नाट्य प्रबन्धक प्रभाकरदेव शर्मा र नेपाली चलचित्र क्षेत्रकी निक्कै लोकप्रिय कलाकार बसुन्धरा भुषालले पनि आफ्ना धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया