काठमाडौं – भर्खरै मात्र सञ्चालनमा आएको ओ एम जी ( OMG /oh my god/) को भाग – ३ सार्वजनि भएको छ ।

दिलिप तामाङको कथा लेखन रहेको सो टेलिसिरियलमा प्रकाश लिम्बुले निर्देशन गरेका छन् । यो भाग ३ मा ‘मिलाऊ दम्पत्ति बाडौँ सम्पत्ति’ भन्ने मुल नाराका साथ कथावस्तुलाई चित्रण गरेका छन् । समाजमा  रहेका याथार्थ घट्नालाई चिरफार गर्ने मुख्य उद्देश्य रहेको यसका निर्माता मित्र तामाङले बताए । यो हास्य टेलिसिरियल Happy Nepal/ You Tube Channel  बाट जहिले पनि हेर्न सकिन्छ ।

खगेन्द्र पन्धाक लिम्बु, बिबी लिम्बु, पर्शु थलङ र  सञ्जय लिम्बुको छायांकन र सम्पादन रहेको उक्त सिरियलमा दिलिप तमाङ, प्रकाश लिम्बु, मित्र तामाङ, रोहित कार्की,  देवी आले, लक्ष्मण चौलागाई , लिला खड्का , अर्जुन थापा, रुविना श्रेष्ठ र रामकृष्ण नेपाल आदिको अभिनय रहेको छ ।

भिडियो………

तपाईको प्रतिक्रिया