Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – बैशाख १४ गतेबाट अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ देशैभर प्रदर्शनमा आउँदैछ ।

एक दशक लामो अभिनय यात्राको अनुभवलाई सर्टिफिकेट मान्दै फिल्म निर्माणमा होमिएकी उनले यतिबेला यस फिल्मको प्रचारमा ज्यान दिएर खटिरहेकी छिन् ।

अभिनयमार्फत युवा पुस्तामाझ आफ्नो फरक पहिचान बनाएकी उनलाई अब फिल्म निर्माणमा पनि सफलता हात पार्नै पर्ने चुनौती छ । ‘कोहलपुर एक्सप्रेस’ ले दर्शकको साथ पाउनेमा उनी ढुक्क छिन् ।

यसैबीच केकी फिल्म सुटिङ भएको स्थान बाँकेको कोहलपुर पुगेकी छिन् । “सार्वजनिक यातायातको संरक्षण गरौं, सुरक्षित यात्राको लागि ट्राफिक नियम पालना गरौं” भन्ने मूल नारासहितको व्यानर समाउँदै केकीले ‘कोहलपुर एक्सप्रेस’ को विषयमा आफ्ना प्रशंसकमाझ चर्चा गरिन् । केही फ्यानलाई टिसर्टमा अटोग्राफ दिइन् भने धेरैसँग सेल्फीमा रमाइन् ।  नेपाल अटोमोबाइल एसोसिएसन (नासा)को सडक दर्घटना न्यूनीकरण सम्वन्धि अभियानमा साथ दिँदै उनले सदरमुकाम नेपालगन्जसँगै कोहलपुरका विभिन्न स्थानमा जनचेतना फैलाइन् ।

अर्जुन तिवारीको छायांकन रहेको यस फिल्ममा निर्देशक विशाल भण्डारी हुन् । यसअघि उनले दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि फिल्म निर्देशन उनको यो पहिलो हो ।
केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया