काठमाडौँ – अखिल क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस समिति काठमाडौँले विद्यार्थीहरुलाई नेपाल टेलिकमको सिम वितरण गरेको छ ।

विद्यार्थीहरुलाई सञ्चार सहयोग गर्ने उद्धेश्यका साथ नेपाल टेलिकमसँग समन्वय गरि क्याम्पसमा अध्यनरत ४ सय विद्यार्थीलाई निशुल्क सिमकार्ड वितरण गरेको हो ।


शुक्रवार विहान केन्द्रिय समितिका सदस्य मदन लिम्बू र अर्चना तामांग साथै क्याम्पस समितिका अध्यक्ष सरोज मोक्तानको उपस्थितिमा औैपचारिक कार्यक्रमको आयोजना गरि सिमकार्ड वितरण गरिएको हो ।

उक्त नि शुल्क सिमकार्ड बितरण कार्यक्रम बिहान ७ः ३० देखी बेलुका ६ बजे सम्म संचालन गरिएको हो ।

समितिका उपाध्यक्ष कृष्ण प्रसाद रिजालका अनुसार कार्यक्रम को सदुपयोग उल्लेख्य बिद्यार्थीहरुले गरेको र क्रान्तिकारी सङगठन को हरेक पटक को फरक अभियान हरुको बिद्यार्थीहरु ,क्याम्पस प्रशासन ,साथै प्राध्यापक हरुले सम्म खुलेर प्रसंशा गर्नु भएको कारणले क्याम्पस समितिलाई अझै फरक अभियान हरु सन्चालन गरि बिद्यार्थीहरुलाइ सहयोग गर्न थप उर्जा मिलेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया