धुलिखेल – संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झूठो र उल्टोपाल्टो समाचार दिने संचार माध्यममाथि नियमन गरिने बताएका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभ्रेले शुक्रबार बनेपामा आयोजना गरेको ‘राष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उनले पत्रकारले पनि संविधान र कानुन मान्ने परम्परा विश्वव्यापी रूपमा रहेको स्मरण गराउँदै तर सरकारले प्रेसमाथि नियन्त्रण नगर्ने स्पष्ट पारे।

पछिल्लो समयमा पत्रकारबाट गलत सन्देश प्रवाह गर्न खोजिएको उल्लेख गर्दै उनले सामाजिक संजालले जे मन लाग्यो, त्यही गरेकामा आपत्ति जनाए। सामाजिक संजाललाई अब यस्तो गर्ने छुट नभएको बताउँदै बाँस्कोटाले त्यसको नियमन गर्ने बताए। ‘कानुन र संविधान कहाँका पत्रकारले मान्दैन र त्यो बताउनुपर्‍यो’, बाँस्कोटाले भने, ‘अधिकार र उत्तरदायित्व सँगसँगै जान्छ।” रासस

तपाईको प्रतिक्रिया