Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – आउँदो वैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘कोहलपुर एक्सप्रेस’ टिमले फिल्म प्रमोशनको क्रममा नयाँ तरीका अपनाएको छ । केही नयाँ गरेर दर्शकलाई आर्कषण गर्न यति बेला ‘कोहलपुर एक्सप्रेस’ टिमका निर्मात्रीसाथै नायिका केकी अधिकारी र अर्की नायिका ऋचा शर्मा मिलेर राजधानीका केही घरहरूमा पिज्जा पुर्‍याउने काम गरेका छन् ।

कोहलपुर एक्सप्रेस’ टिमले फुडमान्डुसँग सहकार्यगरि प्रमोसनको नयाँ विधि अपनाएको हो । दर्शकलाई प्रत्यक्ष जानकारी दिनलाई चलचित्रकी निर्मात्रीसाथै नायिका केकी अधिकारी र अर्की नायिका ऋचा शर्मा मिलेर राजधानीका केही घरहरूमा पिज्जा पुर्‍याएका छन् । फुडमाण्डुको झोला बोकेर यी दुई नायिका कहिले गैरिधारा त कहिले कपन पुगेर दर्शकलाई पिज्जा डेलिभरी गरेका थिए ।

कोहलपुर एक्सप्रेसलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा केकी र ऋचाको साथमा प्रियंका कार्की, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया