Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 

 

काठमाडौं – यस वर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौडाकी श्रृङ्खला खतिवडा भएकी छिन् ।

 बुधबार राति अन्नपूर्ण होटलमा आयोजना भएको मिस नेपाल प्रतियोगितामा शृंखला बाँकी २४ जनालाई पछाडि पार्दै पहिलो भइन् र मिस नेपालको ताज पहिरिन सफल भइन् ।

गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले उनलाई क्राउन लगाइदिइन् । अब उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् ।

शृंखला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् । उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

यसैगरी मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटाले जितेकी छिन् । मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले हात पारेकी छिन् । त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि रोनाली अमात्यले जितेकी छिन् । प्रतियोगिताको मुख्य निर्णायक गोविन्द गजुरेल थिए । प्रतियोगिता द हिडेन ट्रेजरले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया