Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय कमेडीयन कपिल शर्माको करिअरमा आपतमाथि आपत आइपरेको छ। अब उनले भर्खरै ल्याएको नयाँ टेलिभिजन शो ‘फेमिली टाइम विथ कपिल’ बन्द हुने संघारमा पुगेको समाचारहरु आइरहेका छन् ।

गत २५ मार्चमा यो शो सोनी टिभीमा सुरु भएको थियो । अहिलेसम्म यसका तीन एपिसोड प्रशारण भएका छन् । तर च्यानलले शो बन्द गर्ने मुड बनाइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अघिल्लो हप्ता सोनी टिभीले कपिलको शो प्रशारण गरेन । सो एपिसोड सुट नै हुन सकेको थिएन । सूत्रका अनुसार यो साताको शनिबार र आइतबारको प्रशारणका लागि पनि अहिलेसम्म एपिसोड सुट भएको छैन । च्यानलसँग शोको कुनै एडभान्स एपिसोड पनि छैन । सूत्रका अनुसार कपिल एकदम चुपचाप छन् । उनको फोन पनि प्राय ‘नट रिचेबल’ हुने गरेको छ । अघिल्लो साता आफ्नो बर्थ डेमा पनि कपिलको फोन पूर्णरुपमा बन्द थियो ।

संकटग्रस्तमा रहेको उनको करिअरमा कस्तो मोड आउछ त्यो त आगामी दिनमा थाहा भई नै हाल्छ  ।

तपाईको प्रतिक्रिया