दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री श्री रेड्डीले बिद्यमान यौन शोषणको बिरोध स्वरुप अर्धनग्न शरीर लिएर खुल्ला सडकमा प्रदर्शन गरेकी छिन् । नायीकाले गरेको यस्तो बिरोध ठिक नभएको भन्दै तमिलनाडु पुलिसले उनलाई हिरासतमा लिएको छ ।

केही दिन अघि मात्रै चलचित्र “अय्यारी” कि एक्ट्रेस रकुल प्रीत सिंहले इन्डस्ट्रीमा कास्टिंग काउचको शिकार बन्नु नपर्ने बताएकी थिइन्। कुलको यस्तो बयानमा अधिकांश अभिनेत्रीहरुले उनको विरुद्धमा आन्दोलन समेत गरेका थिए । यस लिस्टमा श्री रेड्डीको पनि नाम रहेको थियो ।

तेलुगू फिल्‍मको संघर्षपूर्ण यात्रा गरेर आएकी नायीका श्री रेड्डीले फिल्म निर्माता निर्देशक लगायतबाट हुने यौन शोषणको पर्दाफास गर्ने हेतु शनिवार हैदराबाद फिल्‍म चेम्बर बाहिर लुगा खोलेर खुल्ला सडकमा धर्ना दिएर बसीन्। उनले दक्षिण भारतीय फिल्मका ठूला हस्ती मानिएका निर्माता निर्देशक बिरुद्ध आवाज उठाएकी छन् ।

नायीका रेड्डीले यस मामलामा धेरै शोषित भएपनि अहिलेसम्म कुनै एक्शन नलिएको भनि आरोप लागेको कारण यस्तो कदम उठाएकी हुन् । एक्ट्रेसले शोषण गर्ने इन्डस्ट्रीको नामको खुलासा गर्ने धम्की पनि दिएकी छिन् ।

तपाईको प्रतिक्रिया