काठमाडौं  – वन तथा वातावरण मन्त्री शक्ति वहादुर वस्नेतले समृद्धि विनाको विकास त होला तर त्यो विकासको समृद्धिलाई सम्बोधन गर्न नसक्ने बताएका छन् ।

असल संस्कार – समृद्धिको आधार’ भन्ने मुल नाराका साथ संस्कार समाज नेपालले आयोजना गरेको  एक कार्यक्रममा सो कुरा बताएका छन । उनले भने आयोजकले जुन अभियान थाल्नु भएको छ यो कार्यक्रम निक्कै महत्वपुर्ण छ ।

सो कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका गायक बद्री पंगेनीले हाम्रो समाजमा सवै कुराको संस्कार भएपनि असल संस्कारको कमि भएको बताएका छन् । राजनिति प्रति पनि तिखो ब्यंग्य प्रहार गर्दै ,अव सबै नेतामा असल संस्कारको गुण हुनुपर्ने कुरामा जोड दिए । युवा गैरसरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरी र सञ्चार प्रशिक्षक भागिरथ कुमार पोखरेलले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पशुपति गुरुङले समाज एकमुनाफा रहित संस्थाको रुपमा रहेको स्पष्ट पारिन् । शान्तिको आधार भए असल संस्कार -समृद्ध देशको आधार हुने कुरा उहाले वताएकी छन् । उनले भनिन् -“विद्यालय पाठ्यक्रममा नैतिक शिक्षा थियो, बिचमा हटाईयो,आजको दिनमा नैतिक शिक्षाको कमि भईरहेको हामीलाई आभाष भईरहेको छ, मानिस नैतिक बन्न सकेन भने मुलुकको समृद्धि सम्भव छैन्, संस्कार सबैको घर – घरमा हुनुपर्छ, आजका बालबालिका भोलिका सम्पति हुन, त्यसैले समाजले बालबालिकालाई संस्कारिला बनाउनु पर्छ।”

तपाईको प्रतिक्रिया