Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – ब्राजिलले १३ मिनेटभित्र तीन गोल गरेको छ र विश्वकप आयोजक रुसमाथि सहज जित हात पारेको छ ।

शुक्रबार राति भएको मैत्रिपूर्ण खेलमा ब्राजिलले रुसलाई ३–० ले हराएको हो ।

 

खेलको पहिलो हाफमा ब्राजिल हाबी भएपनि गोल हुन सकेको थिएन तर, ५३ औं मिनेटमा मिरान्डाले गोल गरे ।

खेलको ६२ औं मिनेटमा काउटिन्होले पेनाल्टीमा गोल गरे भने चार मिनेटपछि ब्राजिलका लागि पाउलिन्होले गोल गरे ।

ब्राजिलको अर्को मैत्रिपूर्ण खेल जर्मनीसँग छ ।

तपाईको प्रतिक्रिया