काठमाडौं लेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार राति भएको छैटौँ चरणको खेलमा प्रिमियर लिग क्लब लेस्टर सिटीलाई २–१ ले पन्छाउँदै चेल्सीले अन्तिम चारमा स्थान पक्का गरेको हो।

चेल्सीलाई जिताउन  अल्भारो मोराटा र पेड्रोले गोल गरे।

खेलको ४२ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट भ्रमण टोली चेल्सीले सुरुवाति अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० ले अघि रहेको चेल्सी ७६ औँ मिनेटमा जेमी भर्डीले घरेलु टोली लेस्टरका लागि बराबरी गोल फर्काए।

त्यसपछि निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समय चेल्सीका लागि फलदायी बन्यो। १०५ औं मिनेटमा पेड्रोले चेल्सीका लागि विजयी गोल गरे र टिमलाई सेमिफाइनलमा पुर्‍याए ।

आइतबार राति नै भएको अर्को खेलमा विगानलाई २–० ले हराएको साउथह्याम्पटनले पनि अन्तिम चारमा स्थान बनाएको छ। योसँगै एफए कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

फाइनल प्रवेशका लागि चेल्सीले साउथह्याम्पटनसँग खेल्नेछ। अर्को खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ। –एजेन्सी 

तपाईको प्रतिक्रिया