Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपाधि दावेदार टोलीहरू बार्सिलोना र बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलप्रवेश गरेका छन्।

प्री क्वार्टरफाइलनको दोस्रो लेगको खेलमा इंग्लिस क्लब चेल्सीलाई ३–० ले हराएपछि समग्रमा ४–१ को जितसहित बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो। बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले २ तथा ओस्मान डेम्बेलेले एक गोल गरे। बार्सिलोनाको जितसँगै पूर्वविजेता चेल्सी प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ।

यसअघि अन्य इंग्लिस टोलीहरू म्यान्चेष्टर युनाइटेड र टोटनह्याम पनि अन्तिम १६ चरणबाटै बाहिरिसकेका छन्। च्याम्पियन्स लिगकै अर्को खेलमा टर्कीको बेसिक्तालाई हराउँदै जर्मनीको बायर्न म्युनिख पनि क्वाटरफाइनलमा पुगेको छ। टर्कीमा भएको दोस्रो लेगको खेलमा पाहुना टोली बायर्न म्युनिख ३–१ ले विजयी भयो। खेलमा बायर्न म्युनिखलाई विजयी गराउन थियागो अल्कान्तारा र सान्द्रो वाग्नरले एक–एक गोल गरे। बेसिक्तासका गोखान गोनुलले एक आत्माघाती गोल गरेका थिए। पहिलो लेगमा ५–० ले विजयी भएको बायर्न म्युनिख गएरातिको जितपछि समग्रमा ८–१ को फराकिलो परिणाम निकाल्दै क्वार्टरफाइनलमा पुगेको हो।
-एजेन्सी

तपाईको प्रतिक्रिया