Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चितवन । पूर्वी चितवनको रत्ननगरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

नारायणगढबाट आएको बा ३ ख २३५४ नम्बरको वसको ठक्करबाट साइकलयात्री रत्ननगर १ निवासी ७४ वर्षका रेशमबहादुर कार्कीको मृत्यु भएको हो ।

हरिहर मन्दिर अगाडि बाटो काट्ने क्रममा कार्कीलाई बसले साँझ साँढे ५ बजेतिर ठक्कर दिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी ) वासुदेव खतिवडाले जानकारी दिए ।

ठक्कर दिने वस र चालक फरार रहेकाले खोजी भइरहेको डिएसपी खतिवडाले बताए

तपाईको प्रतिक्रिया