Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 

काठमाडौं – सांसद गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारीमा खिमलाल भट्टराई प्रस्तावक तथा सुमनराज प्याकुरेल र दिनानाथ शर्मा समर्थक रहेका थिए ।

सभाको बुधबार बसेको बैठकले तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो । राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।

तपाईको प्रतिक्रिया