काठमाडौँ– आज भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अतयधिक मतले विजयी भएकी छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी हुन् ।

मंगलबारको निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गर्दै प्रतिष्पर्धी कुमारीलक्ष्मी राईलाई पराजित गरेकी हुन् । उनी दुई तिहाईभन्दा ठूलो मतभारका साथ विजयी भएकी छिन् ।

राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन् । ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो । मतदानमा १८ जना मतदानता अनुपस्थित थिए ।

तपाईको प्रतिक्रिया