Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – बसन्त बोहोरा आइतबार विमान दुर्घटनामा   परेर घाइते भएका यात्रु हुन् ।

चारजना चालक दलका सदस्य सहित  ७१ जना सवार रहेको यूएस बंगला एयरलाइन्सको विमानमा सवार ७१ यात्रु मध्येका एक बसन्तले आाफु विमानको झ्याल फुटालेर बाहिर निस्किएको बताएका छन् ।

ट्राभल एजेन्सीमा काम गर्दै आएका उनी बंगलादेशबाट राम्रै तरिकाले आएपनि काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भएको अस्पतालमा कुराकानीमा बताएका छन् ।

उनी बंगलादेशमा भएको एउटा तालिममा सहभागी भएर फर्किएका थिए । सो अवसरमा उनीसँग ट्राभल एजेन्सीमा काम गर्ने १६ जना पनि सँगै थिए । अस्पतालमा उपचाररत बसन्त बोहोराले आँफु भाग्यले बाँचेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया