Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा ९७.९५ प्रतिशत मत खसेको छ । मंगलबार दिउँसो ३ बजे सकिएको मतगणनामा जम्मा ८६२ मत खसेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका प्रदेशसभाका ५ सय ४९ मध्ये ५ सय ३६ जनाले मतदान गरेका छन् । यसैगरी, संघीय सांसदका ३ सय ३१ सांसदमध्ये ३ सय २६ जनाले मतदान गरेका छन् । दिउँसो ४ बजेबाट मगणना हुने आयोग प्रवक्ता ढकालले जनाकारी दिए ।

आयोगका अनुसार संघीय संसदका रेशम चौधरी, बाबुराम भट्टराई, प्रेम सुवाल, जितेन्द्रनारायण देव, रमेशप्रसाद यादव र प्रदेशसभाका कृष्णबहादुर चौधरी, धनमाया लामा, प्रल्लाद गिरी, प्रेमबहादुर तामाङ, विराजभक्त श्रेष्ठ, मनिशकुमार सुमन, रमेश पौडेल, राजेश्वर साह, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाइ, हरिशरण आचार्य र हिमबहादुर शाही मतदानमा सहभागी भएनन् ।

राष्ट्रपतिको निर्वाचनमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन् । भण्डारीलाई वाम गठबन्ध, राप्रपा, राजपा, संघीय समाजवादी फोरम लगायतको समर्थन छ भने राईलाई काँग्रेसको समर्थन छ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा व्यवस्था गरिएको छ ।

संघीय संसदका सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संघीय संसद सदस्यका लागि ७९ मतभार रहेको सेतो पृष्ठभूमिमा हरियो तथा प्रदेसभा सदस्यका लागि सेतो पृष्ठभूमि रहेका रातो रङको ४८ मतभार रहेको मतपत्रको प्रयोग गरिएको छ ।

तपाईको प्रतिक्रिया