Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 

काठमाडौं –  प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरसम्बन्धी विवादलाई सुरुदेखि नै सतहमा ल्याएको कान्तिपुर दैनिकले प्रधानन्यायाधीश न्यायाधीशबाटै पदमुक्त भएको समाचार छापेको छ ।

‘न्यायाधीशबाटै पराजुली पदमुक्त’ शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ– सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराले योग्यता र उमेर विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुली काननतः गत साउनमै पदमुक्त भइसकेको घोषणा गरेका छन् । पराजुलीले आफ्नो उमेर छल्न ‘कीर्ते काम गरेको भन्दै उनको इजलासमा बस्न नसक्ने नमिल्ने पनि बताएका छन् ।

जबराले तथ्यसहित त्यस्तो खुलासा गरेपछि सर्वोच्चका अन्य न्यायाधीशले पनि पराजुलीलाई राजीनामा दिन सल्लाह दिँदै अब इजलास नतोक्न भनेका छन् । समाचार अनुसार अधिकांश न्यायाधीशले पराजुलीलाई बहिगर्मनको बाटो रोज्न सल्लाह दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया