Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!


काठमाडौं – नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार सोमबार टुंगो लगाउँदै छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन सिंहदरवारमा बिहान शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

सोमबार दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय तोकिएकाले एमालेले उम्मेदवार छनोट गर्न लागेको हो ।

अध्यक्ष पदका लागि पर्शुराम मेघी गुरुङ, गणेशप्रसाद तिमिल्सेना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी छन् ।

तपाईको प्रतिक्रिया