काठमाडौ – नेपाली सांगीतिक क्षेत्रमा  चर्चा-परिचर्चा बटुल्न सफल गायिकाहरु मध्ये एक हुन् सुनिता थेगिम लिम्बू !  सुनिता थेगिम र कृष्णभत्त राईको स्वरमा रहेको  अत्यन्तै मिठो पुर्वेली लोक भाकाको,   म्यूजिक भिडियो ‘बिन्ती नमस्कार’ सार्वजनिक भएको छ ।

गायक तथा शब्द – संगीतकार जीत लिम्बूको शब्द – संगीतमा रहेको उक्त गीतमा एरेन्ज गायक स्वयम् कृष्णभत्त राईको रहेको छ । विगत लामो समय देखि सांगीतिक क्षेत्रमा लागिरहनु भएका लिम्बूको ‘धरान, काठमाडौं ’ ‘हावा सरर ’ बज्यो लौँ हरन’ ‘धानैमा नाच्नु सोल्टीनी ’ जस्ता गीतहरु चर्चित छन् । यी मध्ये ‘हावा सरर ’ अत्यधिक स्रोता÷दर्शकमाझ लोकप्रिया बनेका छन् , भने यो समाचार तयार पार्दा सम्म ‘बज्यो लौँ हरन’ को हेराई  १३ लाख ९८ हजार एक सय ८३ पुगेको छ ।

रेन्वो रेज मिडिया प्रा.लि.द्धारा सार्वजनिक गरिएको उक्त भिडियोमा निर्भिक राई र नुमा लिम्बूको सोल्टा – सोल्टीनीको रुपमा दमदार अभिनय रहेको छ । निर्भिक राई दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा आफ्नो अभिनय निभाइसकेका छन् , भने यो भन्दा अघिल्ला भिडियोहरुमा ‘हावा सरर’ बज्यो लौँ हरन’ मा पनि राइलाई नै देख्न सकिन्छ । अभिनय क्षेत्रमा नयाँ अनुहार भए पनि नुमा लिम्बूले  ४-५  वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । भिडियोमा प्रकाश लिम्बू ( रियो ) को निर्देशन रहेको छ, भने छायांकन तथा सम्पादन खगेन्द्र पन्धाक लिम्बू र बिबी लिम्बूले गरेका छन् । यो म्यूजिक भिडियोका लागि पहिरन ( भेषभुषा ) The Highland Art, का प्रोप्राईटर (कल्पना योङहाङ्ग लिम्बू) ले उपलब्ध गराएका थिए । उक्त भिडियो ललितपुरको नाक दह आसपासका मनोरम दृश्यहरु देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया