सञ्जय लिम्बु
काठमाडौ / गायक जे पि नेम्बाङ लिम्बु को “मुयेङ्सा एरेना मिम्जिमे (मुसुक्कै हासिदेउन मायालु ) ” बोलको लिम्बु गित को म्युजिक भिडियो मनोरञ्जन नेपाल YouTube Channel बाट आज सार्बजनिक भएको छ ।

माया र प्रेम को शब्दहरु समाबेश गितमा जेपि नेम्बाङ र सुनिता थेगिम को स्वर रहेको उक्त गित अहिलेका चर्चित लिम्बु भाषा गितकार आन्छुमे नसान ले लेख्नुभएको हो ।


गायक स्वयम कै संगीत रहेको उक्त गित को भिडियोलाई युगल पोमो ले निर्देशन गर्नुभएको छ भने फु:लेन्देको बाउ अर्थात मौसम ईम्बुङ र सुश्मा लिम्बु को अभिनय हेर्न पाईने छ ।

तपाईको प्रतिक्रिया