Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सञ्जय लिम्बु

काठमाडौं -फक्ताङलुङ आईडल सिजन -२ को  विजेता तिर्सना नेम्बाङ भएकी छन् ।
उत्कृष्ट  १० प्रतियोगी हरु बाट दोस्रो उपाधी गंगा फियाक ले हात पारिन त्यसै गरि तेस्रो उपाधी बिजय वनेम ले हात पार्न सफल भएको छन ।

किरात याक्थुङ चुम्लुङ ललितपुर को भवन मा सम्पन्न भएको उक्त आईडलमा भाषा साहित्यकार का धरोहर तथा अलौकिक प्रतिभाका धनी कलाकार यासेली योङ्हाङ भाषा साहित्यकार तथा ईतिहासविद गितकार येहाङ लावती तथा गायक खगेन्द्र यक्सो गायिका देसु सुहाङ र गोबिन्द आङबुङ ले निर्णायक मण्डलको भुमिका गर्नुभएको थियो भने पुर्ब कुलपति तथा आयामेली कवि तिल बिक्रम नेम्बाङ (बैरागी काईला) को प्रमुख अथितिमा सम्पन्न भएको आईडलमा टप १० जना प्रतियोगी ले ईस्लाफुङ मुयेङफुङ साम्दिङ्लाफुङ चाङ्वानफुङ जस्ता नामका थुप्रै नामका सबटाईटल हरु हात पारेका छन ।

उक्त आईडलमा गायिका श्रेयशी चेम्जोङ, लक्ष्मण चोङ्बाङ, दिपा सुहाङ, सीता सिङ्गक र जे पी नेम्बांग लिम्बु आदि कलाकारहरुले आफ्नो गित प्रस्तुत गरेका थिए ।

आईडल को पहिलो बिजेताले रु १ लाख रुपैया नगद साथै २ वटा गित रेकर्डिङ हङकङ र कोरिया टुर जाने मौका पाएका छन् भने दोस्रो बिजेता लाई रु ५० हजार रुपैया नगद सहित गित रेकर्ड गर्ने मौका त्यसै गरि तेस्रो बिजेता लाई रु २५ हजार रुपैया नगद र गित रेकर्ड गर्ने मौका पाएका छन ।

तपाईको प्रतिक्रिया