काठमाण्डौ – सदरमुकाम मलंगवास्थित डिभिजन सहकारी कार्यालयका कर्मचारी बेकामे बनेपछि हाई काडेर दिन बिताउन बाध्य छन् ।

सहकारी विभागले अर्को व्यवस्था नभएसम्म गर्दै आएका काम कारबाही नगर्नु भन्ने परिपत्र गरेकाले डिभिजन सहकारी कार्यालयका कर्मचारी कामविहिन बनेका हुन् । विभागले यसअघि हुँदै आएका कुनै काम नगर्नु नगराउनु भनेको छ, सोमबार कार्यालयमा त्यतिकै बसिरहेका नायबसुब्बा धनराज गिरीले भने, १० बजे आयो ५ बजायो अनि घर फर्कियो । आजको नागरिकमा यो खबर छ ।

कामविहीन हुँदा कार्यालयमा कार्यरत कर्मचारीमा निकै अल्छीपना बढ्दै गएको उनले गुनासो गरे ।

तपाईको प्रतिक्रिया