नाइजेरियामा एकैपटक १३० महिलाहरु विधवा भएका छन् ।अन्तराष्ट्रिय मिडियाका अनुसार १३० महिलाहरुका श्रीमान् ९३ वर्षिया मोहम्मद बेलो अब्बूकरको निधन भएपछि उनीहरु विधवा भएका हुन् ।२०३ सन्तानका पिता अब्बूकरका अनाथ सन्तानको संख्या बढ्ने क्रममा छन् ।

अझैपनि उनका केहि श्रीमतीहरु गर्भवती नै छन् । पेशाले इस्लामी मौलवी अब्बूकरले विवाह गरिरहनु आफ्नो पवित्र अभियान भएको बताएका थिए ।अब्बूकर श्रीमतीको संख्याबारे मात्र नभएर कुरानको विवादित व्याख्याका लागि पनि चर्चामा थिए ।

उनी कुरानमा पुरुषले जतिपनि विवाह गर्न पाउने प्रावधान भएको बताउँथे ।केही समय पहिले पुरुषले बिना कुनै समस्या श्रीमतीहरु सम्हाल्न सक्ने बताएपछि उनी आलोचनाको सिकार बनेका थिए । –एजन्सी

तपाईको प्रतिक्रिया