काठमाडौँ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को फाइनलमा नेपालले बिहीबार युनाईटेड अरब इमिरेट् (युएई)सँग खेल्दैछ ।

युएईले नेपालसामु २७८ रनको विजय लक्ष्य पेश गरेको छ । टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओरमा ४ विकेट गुमाउँदै २७७ रन बनाएको छ ।

युएईका लागि ठूलो स्कोर खडा गर्न असफाक अहमेदले सेन्चरी प्रहार गरे । उनले १२३ बल खेल्दै ११४ रन बनाए । उनी सन्दीप लामिछानेको बलमा क्याच आउट भएको थिए । त्यस्तै उनीसँग आएका ओपनर रोहन मुस्ताफाले पनि ५१ रन बनाए । रमिज सहजादले अविजित ४१, साइमान अनवारले ४० तथा गुलाम साबेरले १८ रन जोडे ।

नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दीपले १/१ विकेट लिए । नेपालले अहिले केही बेरमा जवाफि ब्याटिङ गर्नेछ ।

तपाईको प्रतिक्रिया